Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने तिलोत्तमा नगरपालिकाको घोषणा

    कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने तिलोत्तमा नगरपालिकाको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 513
    SHARES

    रुपन्देही । राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मान स्वरुप ५० हजार नगद दिने तिलोत्तमा नगरपालिकाले घोषणा गरेको छ ।

    शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।



    भुर्तेलले बिहीवार भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।



    उनले खेलमा ३५ बलमा ३ चौका र चार छक्का प्रहार गर्दै ५० रन जोडेर नेपाललाई जिताउन महत्वपूर्ण योगफल तयार पारेका थिए ।

    भुर्तेलले सानो उमेरमै क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए । भुर्तेल तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार