Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमालेले गर्यो बहिस्कार

    प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमालेले गर्यो बहिस्कार

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 882
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ। संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा जारी कार्यव्यबस्था परामर्श समितिको बैठकले आज बस्ने संसदको कार्यसूची तय गर्नेछ ।

    जारी कार्यव्यबस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने बुझिएको छ । यसअघि बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेबुल गर्ने सहमति गरेको थियो।



    सोही सहमति अनुरुप सभामुख सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गर्ने सम्भावना रहेको छ।यसअघि संघीय संसद् सचिवालयले आजको बैठकको लागि सम्भावित कार्यसूची हिजो बिहीबार नै सार्वजनिक गरिसकेको छ ।



    सम्भावित कार्यसूचीमा एमसीसी परेको थिएन । तर, कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची हेरफेर पनि गर्न सक्छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

    जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनमा आवद्ध दलका प्रतिनिधिहरु सहभागी छन् भने प्रमुख विपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार