Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसदहरूले भड्किलो पोसाक लगाएर संसद्‍मा जान नपाउने

    सांसदहरूले भड्किलो पोसाक लगाएर संसद्‍मा जान नपाउने

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 705
    SHARES

    काठमाडौं । संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् ।

    आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोशाक लगाएर जाने सहमति भएको हो ।



    अब सांसदहरूले टिसर्ट, जिन्स पाइन्ट र अन्य भड्किलो कपडा लगाउन नपाउने भएका छन् ।



    समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको हो ।

    कार्यव्यवस्था बैठकमा विषयगत समितिको पहिलो बैठक शीघ्र राख्ने बारेमा सहमति भएको छ । समिति यसअघि नै गठन भएका छन भने समितिको सभापतिको निर्वाचनको मिति तोकिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार