Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमसीसीकै कारण पार्टी फुट्छ भन्ने लाग्दैन : रामकुमारी झाँक्री

    एमसीसीकै कारण पार्टी फुट्छ भन्ने लाग्दैन : रामकुमारी झाँक्री

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् ।

    संसदमा एमसीसी पेस भएपछि पार्टीका नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा मन्त्री झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् ।



    झाँक्रीका अनुसार एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । यद्यपि सोही पार्टीका नेता खनालले भने विरोध जनाएका थिए।



    सरकारले आज सम्पन्न संसदको बैठकमा एमसीसी पेस गरेको छ । संसद बैठक आगामी बिहीबारसम्मलाई स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार