Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढीको रेष्टुरेन्टमा प्रहरीको छापा : तीन किशोरीको उद्धार, तीन जना पक्राउ

    धनगढीको रेष्टुरेन्टमा प्रहरीको छापा : तीन किशोरीको उद्धार, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    धनगढी । कैलालीको धनगढीस्थित एक रेष्टुरेन्टबाट तीन किशोरीको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिकास्थित रातोपुलमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन किशोरीको उद्धार गरिएको हो ।

    केही महिनादेखि बन्धक बनाएको गुनासोपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो ।



    काम गराउने भनेर ल्याएको तर तलब पनि नदिएको, बाहिर निस्कन पनि नदिएको गुनासो आएपछि सो रेष्टुरेन्टमा छापा हानेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । सोही गुनासोको आधारमा तीनजना किशोरीको उद्धार गरिएको उनले बताए ।



    रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको डिएसपी जोशीले जानकारी दिए । उनीहरुमाथि सोधपुछ र अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार