Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यूईएफए च्याम्पियन्स लिगमा लिलेलाई पराजित गर्दै चेल्सी विजयी

    यूईएफए च्याम्पियन्स लिगमा लिलेलाई पराजित गर्दै चेल्सी विजयी

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ ।

    चेल्सीले घरेलु मैदान स्टामफोर्डमा आज बिहान भएको खेलमा फ्रान्सेली क्लब लिलेलाई २–० गोलले पराजित गरेको हो ।



    चेल्सीका काई हाभर्टज र क्रिस्टियन पुलिसिसले एकरएक गोल गरे । जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।



    दोस्रो लेगको खेल लिलेको मैदानमा मार्च १७ तारिखमा हुनेछ । यस्तै अर्को खेलमा भिल्लारियल र यूभेन्टसले एकरएक गोलको बराबरी खेलेका छन् ।

    प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब यूभेन्टसले बराबरी खेलेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार