Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भोलिको संसद बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

    भोलिको संसद बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ११ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले भोलि (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

    संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिँदै अनिवार्य सर्कुलर जारी गरिएको हो ।



    भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको भुसालको भनाइ छ ।



    ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।

    हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा छन् ।

    सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । कांग्रेस एमसीसीको पक्षमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार