Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पल-समीक्षा सम्बन्धबारे बसन्त थापा भन्छन्- पुरुष दायित्वको भारी बोक्न जन्मिएको लिंगधारी पशु हो

    पल-समीक्षा सम्बन्धबारे बसन्त थापा भन्छन्- पुरुष दायित्वको भारी बोक्न जन्मिएको लिंगधारी पशु हो

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 3.3K
    SHARES

    चितवन । यतिबेला जताततै अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको सम्बन्धबारे चर्चा चलेको छ । गायिका अधिकारीले आफुलाई अभिनेता शाहले बिहेको प्रलोभन देखाई पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै उजुरी समेत दर्ता गराएकी छन् ।

    यता, पल भने आफूलाई अन्य व्यक्तिहरुको षड्यन्त्रमा फसाउन खोजिएको दाबी गर्दै आएका छन् । उनीहरुबीचको अनैतिक सम्बन्धका कारण सामाजिक संजालहरुमा बहस समेत जारी रहेको छ। बहसमा सबैले आफ्नो आफ्नो धारणा सार्वजनिक गरेका छन्।



    यस्तैमा लोकप्रिय लोकगायक बसन्त थापाले पल-समीक्षा विवादबारे टिप्पणी गर्दै पुरुषलाई दायित्वको भारी बोक्न जन्मिएको लिंगधारी पशु भएको बताएका छन्। थापाले स्त्री र कानुनको अघि पुरुष गधा नै हुने टिप्पणी गरे।



    सामाजिक संजालमा उनले लेखेका छन्, ‘प्राप्तिको तिव्र हतारमा दुर्घटना भएको रहेछ !! प्रकृतिले पुरुषलाई बलिष्ठ जन्म त दिन्छ तर स्त्री र कानुनको अघि गधा नै हो॥ पुरुष गधा नै हो !! मात्र दायित्वको भारी बोक्न जन्मिएको लिंगधारी पशु।’

    यस्तै, अर्का प्रख्यात गायक शिव परियारले भने पल र समिक्षाका कारण सिंगो कलाकारिता क्षेत्रकै नाक काटिएको टिप्पणी गरेका छन्। ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला | तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उधोग र चलचित्र उधोग र तपाँई हामी समग्र कलाकारकै नाक काटिएको छ है,’ परियारले लेखेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार