Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पल शाहविरुद्ध पक्राउ पूर्जी जारी

    पल शाहविरुद्ध पक्राउ पूर्जी जारी

    अनलाइन नेपाल
  • बिहिबार, १२ फाल्गुन २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह ( (पूर्ण विक्रम शाह)विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

    पक्राउ पूर्जी जारी भएपछि शाह प्रहरीको फरार सूचीमा रहेका छन्। प्रहरीले शाहलाई पक्राउ गर्न सर्कूलर जारी गरेपनि उनलाई प्रहरीले भेट्टाउन भने सकेको छैन।बुधबार कीर्तिपुरमा भएको ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पनि पलले शाह उपस्थित भएका थिएनन्।



    यता शाहले भने सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै आफूमाथि गरिएको षड्यन्त्र गरिएको बताएका छन् । उनले आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार भएको उल्लेख गरेका छन्।



    बुधबार पीडितका आफन्तहरुले शाहविरुद्ध तनहुँ प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएका थिए । पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ।

    मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ। १६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार