Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पल-समीक्षा प्रकरणमा नयाँ ट्वीस्ट: अभिनेता शाहको गाडी भेटियो, मान्छे भेटिएन

    पल-समीक्षा प्रकरणमा नयाँ ट्वीस्ट: अभिनेता शाहको गाडी भेटियो, मान्छे भेटिएन

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाहले प्रयोग गर्दै आएको गाडी भेटिएको छ ।

    अभिनेता शाहले प्रयोग गर्दै आएको बा ०१ ०२६ च १०८४ नम्बरको निलो टाटा नेक्सन गाडीलाई गएराति प्रहरीले सिंहदरबार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।



    यसअघि बालगायिका समिक्षा अधिकारीले अभिनेता पलले आफुलाई प्रेम जालमा पारेर (फकाएर) जबरजस्ती करणी गरेको भन्दैजिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छिन् ।



    अधिकारीको जाहेरीपछि प्रहरीले अभिनेता शाहलाई पक्राउ गर्न देशभरका प्रहरीलाई सर्कुलर जारी गरेको छ । यद्यपी शाह भने हालसम्म पक्राउ परेका छैनन्। उनी फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार