Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पल शाहलाई छिटो पक्राउ गर्न प्रहरीको आन्तरिक सर्कुलर

    पल शाहलाई छिटो पक्राउ गर्न प्रहरीको आन्तरिक सर्कुलर

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नाबालिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।

    बुधबार एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै शुक्रबार प्रहरी प्रधान कार्यालयले शाहलाई जतिसक्दाे चाँडाे पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।



    शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय रहेको बताइएको छ।



    अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित/मौखिक दुबै अनुरोध पठाएको छ । अभिनेता शाहमाथि गायिका समीक्षा अधिकारीले जबरजस्ती करणी गरेको अभियोगमा उजुरी दर्ता गराएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार