Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चोरी मुद्दाका फरार अभियुक्त घिसिङ पक्राउ

    चोरी मुद्दाका फरार अभियुक्त घिसिङ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 858
    SHARES

    सर्लाही । प्रहरीले सर्लाहीको हरिवनबाट चोरी तथा अन्य मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ७ बस्ने ४२ वर्षीय गुना भन्ने गन्जलाल घिसिङ रहेका छन् । सर्लाही जिल्ला अदालतले १ महिना कैद र १ लाख १३ हजार २०० रुपैयाँ जरिवाना तोकेपछि घिसिङ फरार रहेका थिए ।



    उनलाई विहिबार दिउँसो घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।



    हाल हरिवन प्रहरीको हिरासतमा रहेको उनलाई आवश्यक कारबाहीका लागि सर्लाही जिल्ला अदालत पठाउने तयारी प्रहरीले गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार