Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाह प्रकरण: पीडित नाबालिका भएको पुष्टि, कन्याजाली पनि च्यातिएको मेडिकल रिपोर्ट

    पल शाह प्रकरण: पीडित नाबालिका भएको पुष्टि, कन्याजाली पनि च्यातिएको मेडिकल रिपोर्ट

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 2.6K
    SHARES

    काठमाडौ । बाल गायिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध प्रहरीले प्रमाण जुटाइरहेको छ। साथै, प्रहरीले अभियुक्त शाहमाथि बयान समेत लिरहेको छ।

    आफूविरुद्ध पटकपटक प्रेमको लोभ (बिहेको सर्त)मा जबरजस्ती करणी गरेको भन्दै ती गायिकाले यही फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । पीडित बालिकाले उजुरी दिएको ५ दिनपछि पक्राउ परेका शाहलाई अहिले प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।



    गत फागुन १५ गते प्रहरीसामु आफैले आत्मसमर्पण गरेका अभिनेता शाहलाई त्यसको भोलिपल्टै जिल्ला अदालत तनहुँले ७ दिन हिरासतमा राखेर घटनाबारे अनुसन्धान गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिपछि शाह अहिले ६ दिनदेखि प्रहरी हिरासतमा छन् ।



    जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतका अनुसार प्रहरीले अहिलेसम्म पलविरुद्ध २ वटा प्रमाणहरु जुटाइसकेको छ । जसमा पीडित बालिका नाबालिग रहेको अनुसन्धानमा खुल्न आएको प्रहरी स्रोतको दाबी छ । पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेपछि पीडित नाबालिक रहेको पुष्टि भएको छ। जन्ममिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ । घटनाको समयमा उनको उमेर १५ वर्ष देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्मदर्ता नै हो। जन्म दर्ताको आधारमा घटनाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ।

    यस्तै, उजुरीपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरेको थियो। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ । प्रहरीका अनुसारयी दुवै प्रमाण आरोपीविरुद्ध बलिया रहेका छन् । पीडितको मद्दा हेरेकी अधिवक्ताले पनि पलविरुद्ध बलियो प्रमाण फेला परेको पुष्टि गरेकी छन् । उनले एक भिडियो अन्तरवार्ताका क्रममा किशोरीको कन्याजाली च्यातिएको प्रमाण चिकित्सकले दिएको दाबी गरेकी थिइन्।

    के छ कानूनमा ?
    नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिकारकिशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

    उपदफा ३ मा पीडितको उमेर समूहअनुसार सजायसम्बन्धी व्यवस्था छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ । १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

    दफा २२८ ले पिडितलाई पीडकबाट ‘मनासिव’ क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था पनि गरेको छ । दफा २ सय १९ अन्तर्गतका कसुरको हकमा कसुर भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने र त्यसभन्दा पछि उजुरी गरेमा उजुरी नलाग्ने व्यवस्था छ । दफा २२० अन्तर्गतको कसुर भए जहिले पनि उजुरी लाग्न सक्छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिन सक्ने व्यवस्था छ ।

    यदि पीडितले पछि अदालतमा बयानमा फेरेमा उनी स्वयम् कारबाहीको भागीदार हुन सक्छिन् । यस्तो घटनामा अदालतले बयान फेर्ने पीडत नै सजाय दिन सक्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार