Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पल शाहविरुद्ध अर्को जाहेरी: गैँडाकोट रिसोर्टमा बालिकामाथि बलात्कार गरेको आरोप

    पल शाहविरुद्ध अर्को जाहेरी: गैँडाकोट रिसोर्टमा बालिकामाथि बलात्कार गरेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    नवलपुर। अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी पनि दर्ता भएको छ।

    आइतबार इलाका प्रहरी कार्यालय नवलपुरमा अभिनेता शाहविरुद्ध अर्को जाहेरी दर्ता भएको हो ।



    यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका शाहविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् ।



    २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा शाहले बालिकामाथि बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

    उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ । ​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार