Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रुसको कब्जामा

    युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रुसको कब्जामा

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विगत ९ दिनदेखि युक्रेनमाथि हमला गरिरहेको रुसी सेनाले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र कब्जा गरेको दाबी गरेको छ ।

    युक्रेनको दक्षिण–पूर्वी क्षेत्रमा रहेको उक्त ऊर्जा केन्द्र नजिकै रुसी सैनिकले लगातार गरेको हमलापछि कब्जा गरेको रुसले दाबी गरेको हो ।



    युक्रेनी निकायहरूले सममेत रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको बताइसकेका छन्। ‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् ।’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।



    उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले त्यहाँ परिचालित कर्मचारीहरूले ऊर्जा केन्द्रको अवस्थाबारे बुझिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ । कब्जा गर्नुभन्दा केहि समयअघि रुसी सेनाले उक्त ऊर्जा केन्द्रनजिकै आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारहरूले उल्लेख गरेको थियो ।

    स्थानीय समयअनुसार शुक्रबार बिहान साढे २ बजे उक्त ऊर्जा केन्द्रको नजिकै आगलागी भएको थियो । उक्त प्लान्टमा ६ देशका १५ न्युक्लियर ऊर्जा रियाक्टर रहेको आईएईएले जनाएको छ ।

    रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

    युक्रेनको आपत्कालीन सेवा निकायले आगो निभाएको थियो। सो आगो परमाणु केन्द्रको परिसर बाहिर रहेको भवनमा लागेको थियो। पछि रुसी फौजले उक्त केन्द्र कब्जामा लिए।

    त्यहाँको यकिन विवरण आइनसकेकाले उक्त आगलागीबाट कति क्षति भएको भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । यदि ऊर्जा केन्द्रको रियाक्टरसम्म आगो पुग्यो अथवा विस्फोट भयो भने त्यहाँ राखिएको वातानुकूलित प्रणाली (कुलिङ सिस्टम) ले काम गर्न छाड्छ ।

    वातानुकूलित प्रणाली निष्क्रिय भएपछि ऊर्जा केन्द्रमा अत्यधिक परिमाणमा रहेको रेडियोधर्मी पदार्थ हावामा मिसिने र यसले मानव समुदायमा ठूलो असर पुर्‍याउने हार्भर्ड विश्वविद्यालयअन्तर्गत बेलफर सेन्टरका प्राध्यापक ग्राहम एलिसनलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

    युक्रेनको परमाणु ऊर्जा अपरेटर एनरगोटामका अनुसार यो केन्द्र सन् १९८४ बाट सञ्चालनमा आएको यो ऊर्जा केन्द्रबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ । यस प्लान्टबाट कुल ५७०० मेगावट विद्युत् उत्पादन हुने सीएनएनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार