Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुसद्वारा युक्रेनका दुई शहरमा युद्धबिरामको घोषणा, मरिपोल र भोल्नोभाखाका मानवीय करिडोर खुल्ला

    रुसद्वारा युक्रेनका दुई शहरमा युद्धबिरामको घोषणा, मरिपोल र भोल्नोभाखाका मानवीय करिडोर खुल्ला

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युक्रेनमाथि आक्रमण सुरु गरेको दसौँ दिन रुसले अस्थायी रूपमा दुई शहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।

    रुसको रक्षा मन्त्रालयले शनिबार मस्कोको समयअनुसार बिहान १० बजे (नेपाली समय दिउँसो पौने १ बजे) देखि रुसी सेनाले आक्रमण रोक्ने घोषणा गरेको हो । युक्रेनको राजधानी किभमा रहेका बीबीसी संवाददाता जेम्स वाटरहाउसले सामाजिक संजालमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एक पोस्ट गरेर युद्धबिरामबारे जानकारी दिएका छन् ।



    रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ ।



    तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ–‘आज मार्च ५का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ । साथै मरिपोल र भोल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।’

    दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।

    रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।

    यद्यपि यो युद्धबिराम दुई शहरको लागि मात्रै भएको उनले बताएका छन् । अर्थात यो यद्धबिराम मारियुपोल र भोल्नोभाका सहरमा लागू हुनेछ । मरिपोल र भोल्नोखोभामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी रहेको छ ।

    अब रुसको युद्धबिरामपछि यहाँ आक्रमण हुने छैन । आक्रमण रोकिएको यो समयमा मारियुपोल र भोल्नोभाका सहरका नागरिकहरुको सहयोग गरिनेछ । यो अवधिमा त्यहाँ फसेका सर्वसाधारणलाई त्यहाँबाट सुरक्षित रुपमा बाहिर निकाल्ने प्रयास हुनेछ । यसका लागि रुसी सेनाले मानवीय कोरिडोर खोल्नेछ र त्यही कोरिडोरबाट सर्वसाधारणलाई बाहिर निकालिनेछ ।

    यो युद्धबिराम यस्तो समयमा भएको छ जतिबेला युक्रेनको अधिकांश भागमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिसकिएको छ । किभ, खारकिभ, सुमी, चेर्निगोभ र मारियुपोल सहर सबैभन्दा धेरै प्रभावित छन् ।

    युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोदोलियाकले करिब २ लाख युक्रेनी मारियुपोलबाट बाहिर निस्किने कोसिस गरिरहेको बताएका थिए । उनले करिब २० हजार मानिसहरुले दोनेत्स्कमा भोल्नोभाखा क्षेत्र छोड्न चाहेको पनि बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार