Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युक्रेनमा रुसी सेनाले यसरी गरेको थियो पत्रकारमाथि आक्रमण (भिडियो सहित)

    युक्रेनमा रुसी सेनाले यसरी गरेको थियो पत्रकारमाथि आक्रमण (भिडियो सहित)

    अनलाइन नेपाल
  • शनिबार, २१ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडाैं। रुसले युक्रेनमा समाचार संकलनमा खटिएको ब्रिटेनको समाचार च्यानल स्काई न्यूजको एक टोलीमाथि आक्रमण गरेको छ । मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो ।

    तर उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ । स्काई न्यूजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ ।



    भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरुले आफूहरु पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् ।



    स्टुअर्टसहित पत्रकारहरुको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ । यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।

    बीबीसीपछि सीएनएन र ब्लुमबर्गले पनि रुसमा काम रोके

    यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै एक कानुन लागू गर्ने निर्णय गरेपछि ती समाचार संस्थाहरूले रुसमा आफ्ना काम रोक्ने निर्णय गरेका हुन् ।

    रुसी राष्ट्रपति पुटिनले हालै रुसी सेनाविरुद्ध ‘फेक न्यूज’ प्रकाशन वा प्रसारण गरेमा १५ वर्षसम्म जेल सजायँ हुने व्यवस्थासहितको कानुन लागु गरेका छन् ।

    रुसले युक्रेनमा गरेको आक्रमणलाई ‘आक्रमण’, ‘हमला’ वा ‘युद्ध’ भन्न प्रतिबन्ध लगाएको छ । पुटिनले युक्रेनमा गरिएको आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् । उनको यो ‘अभियान’लाई आक्रमण वा युद्ध भनिए कारबाही भोग्नुपर्ने हुनसक्छ ।

    त्यसैले ब्लुमबर्गले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रुसमा कानुनमा बदलाव आएपछि कुनै पनि स्वतन्त्र पत्रकारलाई अपराधी मानिन सक्छ । यस्तो अवस्थामा रुसभित्र सामान्य पत्रकारिता जारी राख्न असम्भव भएको छ ।’

    यसैगरी सीएनएनका प्रवक्ताले पनि सीएनएनको च्यानल बन्द गर्न लागेको बताएका छन् ।

    गत शुक्रबार मात्रै बीबीसीले रुसमा आफ्नो कामकाज बन्द गरेको थियो । यसका साथै बीबीसीका रुसी सेवा जस्ता कतिपय वेबसाइटको पहुँच रुसभित्र रोक लगाइएको थियो । रुसमा फेसबुक, ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाइएको छ । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार