Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादी केन्द्रको बैठकको समय सर्‍यो, दिउँसो २ बजे बस्ने

    माओवादी केन्द्रको बैठकको समय सर्‍यो, दिउँसो २ बजे बस्ने

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 969
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय ३ घण्टा पर सरेको छ।

    यसअघि आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।



    सचिवालयका अनुसार बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ । यसअघि पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।



    शुक्रबारको बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

    गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन गरेको थिएन भने केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार