Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल गायिका प्रकरण: अभियुक्त शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    पल गायिका प्रकरण: अभियुक्त शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    तनहुँ । जिल्ला अदालत तनहुँले बाल गायिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै आइतबार अदालतसामु समय माग गरेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।



    नाबालिग गायिकाले जाहेरी दिएको ४ दिनपछि अभिनेता शाहले गत फागुन १५ मा तनहुँ प्रहरीसामु आत्मसमर्पण गरेका थिए।



    शाहले १७ वर्षीया गायिकामाथि माया-प्रेमको जालमा बिहेको आश्वाशन देखाएर  पटकपटक बलात्कार गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार