Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहिदको सम्झनामा आज राजविराजमा सार्वजनिक विदा

    सहिदको सम्झनामा आज राजविराजमा सार्वजनिक विदा

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1K
    SHARES

    सप्तरी । राजविराज नगरपालिकाले मलेठ घट्नाको स्मरणमा आज (सोमबार) सार्वजनिक विदा दिएको छ ।

    ५ जनाको ज्यान जाने गरी २३ फागुन २०७३ मा तत्कालिन मलेठ गाविसमा भएको मलेठ घट्नाको स्मरणमा नगरपालिकाले सार्वजनिक विदा दिएको हो । अहिले यो मलेठ गाविस राजविराज नगरपालिकामै गाभिएर वडा न्म्बर ९ बनेको छ ।



    नेकपा एमालेले शुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरेको थियो । तत्कालिन मधेशी मोर्चाले यहाँ कार्यक्रम हुन नदिने भन्दै प्रदर्शन गर्दै अवरोध गर्न खोजेका थिए । तथापी एमालेले आफ्नो कार्यक्रम गरिसकेको अवस्थामा र माहौल शान्त भइसकेको अवस्थामा प्रहरीले चलाएको गोलीबाट ५ जनाको मृत्यु भएको थियो ।



    प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सरकारले यी पाँचै जनालाई शहीद घोषणा गरिसकेको छ । यी पाँचै जना शहीदको सम्झनामा सार्वजनिक विदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार