Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन, छिट्टै वार्तामा जुट्न सहमत

    रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन, छिट्टै वार्तामा जुट्न सहमत

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता पनि विना निष्कर्ष सकिएको छ ।

    गएराति दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको हो । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् ।



    रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको जानकारी दिए ।



    युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले पनि कुनै नतिजा नआएको प्रतिक्रियादिएका छन् । दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन् ।

    रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट झण्डै १७ लाख मानिस बाहिरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार