Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको जित

    इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको जित

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 783
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराउँदै टोटनह्यामले जित हासिल गरेको छ ।

    गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको हो ।



    टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सेन हेङ–मिन र रिगुइलोनले एक–एक गोल गरे। टोटनह्यामले सुरुवाति अग्रता भने उपहार गोलबाट लिएको थियो।



    एभर्टनका डिफेन्डर माइकल केनले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए।

    यो जितपछि २६ खेलबाट ४५ अंकसहित टोटनह्याम सातौं स्थानमा कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार