Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • युक्रेनी नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपील

    युक्रेनी नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपील

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1K
    SHARES

    एजेन्सी । युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले अपील गरेका छन् ।

    रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन मार्टिन ग्रिफिथ्सले आग्रह गरेका हुन् ।



    न्यूयोर्कस्थित सुरक्षा परिषद्‌को आपत्कालीन बैठकमा ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरे।



    हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरे। राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार