Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कार आरोपी पल शाहलाई बयानका लागि गैंडाकोट लगिदै

    बलात्कार आरोपी पल शाहलाई बयानका लागि गैंडाकोट लगिदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नाबालिकामाथि जवर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट लगिने भएको छ ।

    फागुन ११ गते एक नावालिका गायिकाले शाहले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि १५ गतेदेखि शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।



    १५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाहकाविरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडाकोट लाने तयारी भइरहेको तनहुँ प्रहरी स्रोतले अनलाईन नेपाललाई बतायो ।



    पहिलो पटक जिल्ला अदालत तनहुँबाट दिएको सात दिनको म्याद समाप्त भएपछि पुनः १२ दिनको म्याद थपको अनुमति लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

    तनहुँ र गैंडाकोटको जाहेरी एकै किसिमका भएका कारण शाहविरुद्ध मुद्दा भने तनहुँबाट चल्ने भएको समेत प्रहरी स्रोतले बतायो ।

    इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती नाबालिकाले दर्ता गरेको जाहेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार