Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार्यकर्ताहरुलाई देउवाको निर्देशन – गठबन्धन र विपक्षी दललाई गाली नगर्नू

    कार्यकर्ताहरुलाई देउवाको निर्देशन – गठबन्धन र विपक्षी दललाई गाली नगर्नू

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दल वा विपक्षी दलहरू कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

    स्थानीय निर्वाचन लक्षित पार्टीको एकमहिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशीक्षण गर्न सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न आग्रह गर्दै त्यस्तो निर्देशन दिएका हुन् ।



    उनले भने–‘हाम्रो गठबन्धन छ, गठबन्धनलाई बिच्काउने गरी व्यवहार नगरौं, त्यस्तो अभिव्यक्ति पनि नदिऔं । हाम्रो पार्टी विपक्षी पार्टीलाई खेदो गर्ने पार्टी पनि होइन, पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्नुहोला ।’



    देउवाले गठबन्धन दलहरूबीचमा शंका उत्पन्न हुने गरी समेत कुनै पनि गतिविधि नगर्न र एमसीसीको भ्रमलाई चिर्न निर्देशन गरे ।
    उनल भने–‘चुनाव नजिकिएको छ, चुनावमा पार्टीलाई जिताउनुपर्छ । जनताको घरघरमा पुगेर पार्टीका राम्रा कुराहरू प्रचार गर्नुहोस्, जनतालाई बुझाउनुस् । एमसीसीबारेको भ्रमलाई तल्लोस्तरमै पुर्‍याइएको छ, त्यसलाई हामीले यो अभियानमार्फत् चिर्नुपर्छ, राम्रो प्रचार भयो भने पार्टीलाई फाइदा पुग्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार