Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • साल्जबर्गको पोष्टमा बायर्नको ७ गोल, लेवान्डोवस्कीको ह्याट्रिकसँगै क्वार्टरफाइनमा

    साल्जबर्गको पोष्टमा बायर्नको ७ गोल, लेवान्डोवस्कीको ह्याट्रिकसँगै क्वार्टरफाइनमा

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । मंगलबार साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७–१ को सानदार जितसहित बायर्नले क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

    तीन साता अघि पहिलो लेगमा १–१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो ।



    बायर्न समग्रमा ८–२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो । १२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो ।



    २१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो । त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३–० मा पुर्‍याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

    ३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डोर्‍याएका थिए ।

    ७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो । ८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६–१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।

    अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १–० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार