Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दै करिश्मा

    ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दै करिश्मा

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । यसअघि करिश्मा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी थिइन्। तर, उनी पछिल्लो समय राजनीतिबाट राजनीतिबाट टाढाजस्तै थिइन् ।

    करिश्माका अनुसार बिहीबार बिहान उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।



    ओलीसँगको भेटमा करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको बताएकी थिइन् । यद्यपि छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने करिश्माको भनाइ छ।



    आफ्ना साथीभाई धेरै एमाले निकट रहेको र आफूलाई पनि एउटै विचार भएकासँग कम गर्न इच्छा लागेको करिश्माको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार