Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डिआईजी, एसपी र इन्स्पेक्टरको कमाउ धन्दा

    प्रहरी संरक्षणमा संचालित बाराको जुवा खालमा सशस्त्र प्रहरीको छापा , सुटकेसबाट रकम बरामद

    प्रहरी संरक्षणमा संचालित बाराको जुवा खालमा सशस्त्र प्रहरीको छापा , सुटकेसबाट रकम बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 2.2K
    SHARES

    पर्सा। नेपाल प्रहरीको संरक्षणमा भइरहेको जुवा खालमा सशस्त्र प्रहरीले छापा मारेको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ भन्दा उत्तर स्कुल तथा नयाँ खोलिएको फार्म हाउस भन्दा पूर्व र दक्षिणमा रहेको बाँसघारीस्थित जुवा खालमा सशस्त्र प्रहरीले बुधबार बेलुका छापा मारेको हो।

    दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्दै आएको थियो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी)दिलिपसिंह देउजा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालकै संरक्षणमा जुवाको खाल सञ्चालन भइरहेको थियो ।



    नेपाल प्रहरीको संरक्षणमा जुवा खाल संचालनमा रहेको सूचना  पाउने बित्तिकै सशस्त्र प्रहरी १२ नः गण बाराका एसपी राजेन्द्र थापाको निर्देशनमा जितपुर बेसबाट सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले उक्त जुवा खालमा छापा मारेको हो ।



    जुवा खालमा सशस्त्र प्रहरीले छापा मार्न जादा प्रहरीलाई देख्ना साथ जुवाडे हरु भाग्न सफल भएका थिए । उक्त स्थानबाट एउटा टिनको सुटकेस बाकस फेला परेको थियो । उक्त बाकसबाट ६४ हजार १ सय नगद फेला परेको  एसपी थापाले बताए । यस विषयमा मधेश प्रदेश सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरसँग बुझ्दा एउटा सुटकेस र त्यसभित्र रहेको केही रकम बरामद भएको बताए । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिलिपसिंह देउजा र ईलाका प्रहरी कार्यालय प्रसौनीका इन्स्पेक्टर बिन्देश्वर यादवले मासिक लाखौं रकम जुवाडेहरुबाट बुझेर जुवा खाल सन्चालन गर्न दिएका थिए।

    नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रंजितकारको नाममा बारामा कार्यरत  महोत्तरी दरबन्दी भएका प्रहरी जवान संजय जयसवालले ५ लाख उठाएर जुवाखाल संचालन गर्न दिएको स्रोतले जनाएको छ।

    बाराका एसपी र प्रदेश डिआईजीसँग तस्कर तथा जुवाडे सेटिङ मिलाउन र आर्थिक लेनदेन घुमुवा जयसवालले गराएको स्रोतको भनाइ छ । ईलाका प्रहरी कार्यालय प्रसौनी अन्तर्गत प्रस्टोका गाउँ पर्छ भने ठाउँ -ठाउँमा प्रहरी यूनिट पनि छ ।

    प्रस्टोकाका रबिन्द्र साह, पन्नालाल साह लगायत चार–पाँच जनाको समूहले जुवाको खाल सञ्चालन गर्दै आएका छन् ।

    प्रस्टोकामा सञ्चालन गरिदै आएको जुवाको खालसम्म जुवा खेल्न आउनेलाई पुरयाउनका लागि कलैया–वीरगन्ज सडक खण्डको भलुही चौक र कलैया नितनपुर सडक खण्डको बन्जरिया गाउँको पश्चिम हनुमान मन्दिरमा सहयोगीहरु खटाइने गरिएको छ ।

    ठाउँ ठाउँमा खटाइएका मानिसहरुको सम्पर्कमा आउनेहरुलाई जुवाको खालसम्म पुर्याउने गरिएको छ । जुवाको खाल सञ्चालन गर्नेहारले दैनिक चारदेखि पाँच लाखसम्म कमाउने  गरेको प्रस्टोकाका स्थानीयहरुले बताएका छन् ।

    प्रस्टोकामा  जुवा खेल्न वीरगन्ज, हेटौंडा, काठमाडौँ र भारतको रक्सौल, आदापुर लगायतका स्थानबाट जुवाडेहरु दैनिक रुपमा आउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार