Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अब विदेशबाट आउँदा खोप कार्ड देखाउनुपर्ने, क्वारेन्टाइन पनि बस्नु नपर्ने

    अब विदेशबाट आउँदा खोप कार्ड देखाउनुपर्ने, क्वारेन्टाइन पनि बस्नु नपर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना संक्रमण कम हुन थालेपछि सरकारले लगाएको प्रतिबन्ध खुकुलो बनाउदै लगेको छ ।

    सोही अनुसार अब विदेशबाट नेपाल आउने यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको हो ।



    खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउनेले क्वारेन्टिन पनि बस्नु नपर्ने अध्यागमन विभागले जनाएको छ ।



    यही १६ फागुनको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।

    नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।

    हेर्नुहोस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार