Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अवैध भारतीय रुपैयाँसहित भारत उड्न लागेका दुई थाइ महिला विमानस्थलबाट पक्राउ

    अवैध भारतीय रुपैयाँसहित भारत उड्न लागेका दुई थाइ महिला विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रहरीले अवैध रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना विदेशी महिलाहरुलाई पक्राउ गरेका छ।

    पक्राउ पर्नेहरुमा थाइल्याण्डी नागरिकद्वय ३२ वर्षीया वानविसा जन्तासान र ४१ वर्षीया वारापोर्न खुन्सोमबात रहेका छन्।



    विमानस्थल प्रहरी स्रोतका अनुसार बिहीबार भिष्टारा एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट भारत जान लागेका उनीहरुलाई करिब ३ लाख भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।



    उनीहरुको साथबाट २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। बरामद रकममध्ये २ हजार दरका ४ थान र ५ सय दरका ५ सय ७३ थान रहेका छन्।

    उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार