Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतलाई काउन्टर दिंदै पाकिस्तान, ‘राफेल’को जवाफमा जे–१० सी

    भारतलाई काउन्टर दिंदै पाकिस्तान, ‘राफेल’को जवाफमा जे–१० सी

    अनलाइन नेपाल
  • शनिबार, २८ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । भारतले फ्रान्सबाट लडाकू विमान ‘राफेल’ भित्र्याएपछि त्यसलाई काउन्टर दिन पाकिस्तानले पनि चीनबाट जे–१०सी नामक २५ वटा लडाकू विमान भित्र्याएको छ ।

    पाकिस्तानले हिजो मात्रै हवाई क्षेत्रमा विभिन्र भूमिका निभाउन सक्ने जे–१०सी आफ्नो वायुसेनामा भित्र्याएको हो। जसका कारण देशको सैन्य शक्ति बढ्ने जनाएको छ। यो विमानको पाकिस्तानले चीनबाट किनेको हो।



    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पञ्जाबको अटोक जिल्लामा रहेको वायुसेना बेस मिनहास कामरामा नयाँ लडाकु विमान वायुसेनामा समावेश गर्ने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री खानले करीब ४० वर्षपछि पाकिस्तानले एक ठूलो उपलब्धि गरेको पनि बताएका थिए।



    जे–१०सी चौंथो र ५ औं पुस्ताको लडाकु विमान हो। यो चीन र पाकिस्तानद्धारा स‌ंयुक्तरुपमा विकास गरिएको हल्का लडाकू विमान जेएफ १७ भन्दा धेरै शक्तिशाली रहेको जनाइएको छ।

    पाकिस्तानी गृहमन्त्री शेख राशिद अहमदले गत वर्ष डिसेम्बरमा नै भारतले राफेल लडाकु विमान खरीद गरेको जवाफमा पाकिस्तानले २५ जे–१० सी विमान खरिद गर्ने घोषणा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार