Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाहको बयान: गायिकाको ढोकासम्म पुगेको हुँ, जबरजस्ती गरेको होइन

    पल शाहको बयान: गायिकाको ढोकासम्म पुगेको हुँ, जबरजस्ती गरेको होइन

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    नवलपुर । बाल गायिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल (पुर्ण बिक्रम) शाहले आफूले जबरजस्ती नगरेको बयान दिएका छन्।

    जिल्ला प्रहरी कार्यालय नवलपुर स्रोतका अनुसार अभिनेता शाहले नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयान दिने क्रममा आफूमाथिको आरोप अस्वीकार गर्दै यस्तो बयान दिएका हुन्।



    ‘हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन, आरोपी शाहको भनाइ उधृत गर्दै प्रहरी स्रोतले भन्यो।



    १७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोट रिसोर्टमा आफूलाई शाहले माया प्रेमको नाटक गरेर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् । सोही उजुरीका आधारमा उनलाई तनहुँ प्रहरीबाट गैँडाकोटमा बयानका लागि ल्याइएको हो।

    उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजर भइने कृष्ण जोशीलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार