Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘पिरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप, अपराध स्वीकार गरी माफी माग्न आग्रह

    ‘पिरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप, अपराध स्वीकार गरी माफी माग्न आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट भातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् ।

    अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् ।



    ‘नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’विज्ञप्तिमा भनिएको छ ।



    गीतमा माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रको भोगाइलाई उतारिएको छ । गीतमा माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार