Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कलाकार प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार, कस्तो छ अवस्था ?

    कलाकार प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार, कस्तो छ अवस्था ?

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानिया पुगेका कलाकार प्रकाश सपुतमाथि आक्रमण भएको छ ।

    आइतबार एक सांस्कृतिक कार्यक्रममा स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि बोतल प्रहार भएको हो ।



    स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए ।



    उक्त बोतल अनुहारको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार