Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रकाश सपुतको ‘पिर’ गीतको विवादित दृश्य हटाइयो, नयाँ भिडिओ अपलोड

    प्रकाश सपुतको ‘पिर’ गीतको विवादित दृश्य हटाइयो, नयाँ भिडिओ अपलोड

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । गायक प्रकाश सपुतले अहिले चर्चामा रहेको गीत ‘पीर’ युट्युबबाट हटाएर पुनः नयाँ अपलोड गरेका छन् ।

    नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ। गायक प्रकाश सपुतको गीत पीर मा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका थिए ।



    त्यो दृश्यले मुलुक परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका महिलासहितका माओवादी लडाकु र जनयुद्धकै अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले व्यापक विरोध गरेका थिए।



    गीतको चर्चा यति भएको थियो कि माओवादी कार्यकर्ता तथा नेताहरूले यसलाई हटाउन दबाब दिएका थिए । युट्युबमा भिडिओ १ करोड पटक हेरिएको थियो ।

    सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्क-‘हिले काहि त लाग्छ भयो अब ! पुग्यो । I’m done !
    खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुहर समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ ।

    सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैईरहोस ।

    जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार