Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ओलीलाई भेट्न दुई ‘बिबादित’ मन्त्री बालकोट पुगेपछि समाजवादीभित्र खैलाबैला !

    ओलीलाई भेट्न दुई ‘बिबादित’ मन्त्री बालकोट पुगेपछि समाजवादीभित्र खैलाबैला !

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेकप (एकीकृत समाजवादी) बाट मन्त्री बनेका कृष्णकुमार श्रेष्ठ ‘किसान र प्रेम आले बालकोट पुगेपछि पार्टीभित्र खैलाबैला भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमै पुगेर छलफल गरेपछि तरंग फैलिएको हो ।



    श्रेष्ठ र आले दुबै जना बिबादित मन्त्री हुन। दुबई पुर्याएर हजारौं नेपालीलाई अलपत्र पार्ने दलालसँग मन्त्री श्रेष्ठको उठबस रहँदै आएको छ। बाहिर हेर्दा दलाल गिरोहको बिरोध गरेपनि  दलाल गिरोहकै सेटिङमा मन्त्री श्रेष्ठ दुबई जान लागेको चर्चा चलेको छ।



    समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पार्टीभित्र तरंग ल्याइदिएको हो ।

    मन्त्रीद्वय श्रेष्ठ र आले एमालेमै फर्किने गरी सूचना पाएपछि समाजवादीको भ्रातृसंगठन अनेरास्ववियूका अध्यक्ष पराजुलीले त्यसलाई सार्वजनिक रुपमै उठाएको स्रोतले वतायो ।

    अध्यक्ष पराजुलीले लेखेका छन्, ‘मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुर/कसिलो बनाउनु पर्दछ ।’

    ‘तर यहाँ मन्त्री स्वयम् जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन्’, उनले भनेका छन् ।

    ‘मन्त्री भएपछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे–हम्मे छ’, उनले भनेका छन् ।

    ‘मन्त्री भनेको भुँडी ठूलो बनाउनु र हल्लाउनु होइन जनताको प्यारो बन्नुरहुनु हो’, उनले भने, ‘मन्त्रीहरूको यस्तो व्यवहारबाट हामीले सोंचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ’, पराजुलीले भनेका छन् ।

    ‘अर्को गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राति–राति अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने ? ’, अध्यक्ष पराजुलीको प्रश्न छ, ‘’यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समीक्षा गर्नु जरुरी छ ।’

    अध्यक्ष पराजुलीले घुमाउरो पारामा श्रेष्ठ र आले एमाले अध्यक्ष ओलीकोमा रातारात जाने गरेको खुलासा गरेका हुन।

    यद्यपी मन्री आले र श्रेष्ठले ओलीलाई कहिले भेटे र के कुराकानी गरे भन्ने बारेमा भने पराजुलीले केही खुलाएका छैनन।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार