Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र किसान श्रेष्ठबीच भेटवार्ता, पार्टी एकता र राष्ट्रपति चुनावबारे छलफल

    एमाले अध्यक्ष ओली र किसान श्रेष्ठबीच भेटवार्ता, पार्टी एकता र राष्ट्रपति चुनावबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ‘किसान’ बीच भेटवार्ता भएको छ ।

    मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका हुन् । भेटमा उनीहरुबीच राष्ट्रपति चुनावबारे करिब एक घण्टा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।



    ओलीले पार्टी एकताका विषयमा चासो राखेका थिए । ओलीसँगको भेटमा श्रेष्ठले बृहत्तर एकताका लागि आफूहरुका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताएका थिए ।



    यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेका थिए । नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार