Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • उद्योग वाणिज्य सङ्घ चितवनले पायो श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व

    उद्योग वाणिज्य सङ्घ चितवनले पायो श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 780
    SHARES

    फाइल फोटो

    चितवन । उद्योग वाणिज्य सङ्घ चितवनमा नयाँ नेतृत्वले पूर्णता पाएको छ । सोमबार भएको निर्वाचनबाट समितिले पूर्णता पाएको हो । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित भएका हुन् ।

    समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित भएका छन् । कर्पोरेट उपाध्यक्षमा शिरिष पन्त विजयी भए  । उनले शङ्कर नेपाललाई ४४ मतान्तरले जितेका हुन् । कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी भए । उनले भोजराज कौडाललाई ८९ मतान्तरले जिते।



    यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी भएका छन् । यस्तै वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भए ।



    फागुन २५ गते भएको मनोनयनमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेपछि सङ्घको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका छन् । उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भइसकेका छन्।

    सङ्घमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । सङ्घका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार