Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटारमा प्रधानमन्त्री देउवा र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री देउवा र साउदी अरबका विदेशमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ ।  दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    सोमबार श्रीलंकाबाट काठमाडौँ आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।



    त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार