Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय तहको निर्वाचन:

    एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, १८देखि ५४ वर्षसम्मकाले आवेदन दिन पाउने (विज्ञापनसहित)

    एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो, १८देखि ५४ वर्षसम्मकाले आवेदन दिन पाउने (विज्ञापनसहित)

    तलबभत्ता ४० दिनको ४३ हजार

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ ।

    मंगलबार प्रहरी प्रधान कार्यालयले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको हो ।



    म्यादी प्रहरीका लागि ६ चैत्रदेखि ११ चैत्रसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।



    हेर्नुहोस् सूचना:

    म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ भने म्यादी ४० दिनका लागि भर्ना गरिने प्रहरीले जनाएको छ। ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजारको हाराहारीमा पाउँछन्।

    म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्।

    यस्तै, दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका छन् भने तेस्रोमा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा बिचमै जागिर छोडेर आएका पर्छन्।

    विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना) को रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार