Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमालेले बोलायो चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक

    एमालेले बोलायो चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १ चैत्र २०७८
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बोलाएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटामा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।



    आसन्न स्थानीय तहको निर्वाचनको पूर्व तयारीका लागि केन्द्रीय कमिटी आह्वान गरिएको बताइएको छ । त्यस्तै बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।



    पार्टीले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार