Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विष्णुपुर सर्रेअम्बासमा गर्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, ओली फर्किदै

    विष्णुपुर सर्रेअम्बासमा गर्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, ओली फर्किदै

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेले सिराहाको विष्णुपुर सर्रेअम्बासमा आयोजना गर्न लागेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित गरेको छ । एमालेले लगातारको वर्षाको कारण भन्दै बैठक स्थगित गरेको जनाएको छ ।
    एमाले सचिव योगेश भट्टराईकाअनुसार सबै तयारी पूरा भए पनि लगातारको वर्षाको कारण बैठक स्थगित गरिएको हो । उनले भने–‘लगाताररुपमा वर्षा भइरहेको छ । बीचमा एउटा खोला छ त्यो तरेर जान पनि समस्या छ । बैठक स्थगित भएको छ । केही दिनसम्म निरन्तर पानी पर्ने प्रक्षेपण छ । सार्वजनिक कार्यक्रम गर्ने तयारी पनि थियो तर मौसमको कारणले बैठक र कार्यक्रम नहुने भएको छ ।’
    एमाले सचिव भट्टराईअनुसार पार्टीको चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी हुन विराटनगर पुगिसकेका थिए । जल तथा मौसम विज्ञान विज्ञानले पछिल्लो २४ घण्टामा सिराहाको लाहानमा १ सय ९४ मिलिमिटर, धनुषाको चिसापानीमा ७४ मिलिमिटर वर्षा मापन गरेको छ ।
    २०४६ सालमा सो स्थानमा तत्कालीन नेकपा (माले)को भूमिगनरुपमा भदौ ९ देखि १४ गतेसम्म चौथो महाधिवेशनमा भएको थियो । सोही बैठकले मदन भण्डारीलाई मालेको महाधिवेशन चुनेको थियो । सोही महाधिवेशनमा मालेले मार्गनिर्देशक सिद्धान्तबाट माओ विचारधारालाई हटाएको थियो । मार्क्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै विचारधारालाई चिनियाँ क्रान्तिको एउटा विशिष्ठतामात्रै मान्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार