Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न एमालेले डाक्यो सचिवालय बैठक

    पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न एमालेले डाक्यो सचिवालय बैठक

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 624
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न एमालेले यही असार ३० गते सचिवालय बैठक बोलाएको हो ।

    बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।



    बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने बताइएको छ ।



    यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार