Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले सचिवालय बैठक आज बस्दै, के-के छन् एजेन्डा ?

    एमाले सचिवालय बैठक आज बस्दै, के-के छन् एजेन्डा ?

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो ।

    सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा हुने बताइएको छ ।



    सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाइएको हो ।



    बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार