Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमालेले बोलायो सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक

    एमालेले बोलायो सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 576
    SHARES

    काठमाडौं । नेकपा एमालेले यही भदौ ९ गते सचिवालय बैठक बोलाएको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौं उपत्यकाबाहिर राखेको हो ।

    तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक बोलाइएको हो ।



    बैठकको बेला नै कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम राखिएको बताइएको छ ।



    तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो । सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार