Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप लिग-२:

    रोहित र आरिफको साझेधारीमा पीएनजीविरुद्ध नेपालको जित, करणले हाने विनिङ् छक्का !

    रोहित र आरिफको साझेधारीमा पीएनजीविरुद्ध नेपालको जित, करणले हाने विनिङ् छक्का !

    निर्मल लामिछाने
  • बुधबार, २ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको आफ्नो पहिलो खेलमा नेपालले  दुई विकेटले बिजयी भएको छ । नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले ऐतिहासिक शतकीय साझेधारीमा अर्धशतकीय पारी खेले । नेपालका लागि पांचौं विकेटका लागि यो अहिलेसम्मकै ठुलो साझेधारी हो।

    २०५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवात भने निकै खराब रहेको थियो। दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल १ रनमा गुमाएको नेपालले टिमको स्कोर मात्र ६ हुँदा ज्ञानेन्द्र मल्ललाई पनि गुमायो । मल्लले ६ बलमा मात्र ४ रन जोडे।



    लगत्तै ब्याटिङमा आएका पूर्वउपकप्तान दिपेन्द्र सिंह ऐरी पनि खासै टिक्न सकेनन्। ऐरी व्यक्तिगत ८ रनमा आउट हुँदा टिमको स्कोर मात्र २४ रहेको थियो। त्यसपछि क्रिजमा आएका रोहित पौडेलले ओपनर आशिफ शेखसँग केही तालमेल गर्न खोजेका थिए। तर, शेख व्यक्तिगत १६ रनमा पेवेलियन फर्के।



    १० ओभरभित्र ४२ -४ को स्थितिमा रहेको नेपालले त्यसपछि भने खेलमा फर्क्यो। क्रिजमा रहेकाआरिफ र पौडेलले शतकीय साझेधारी गरे। आरिफले ५३ तथा पौडेलले ५८ रन बनाए।

    पौडेल र आरिफ आउट भएपछि क्रिजमा आएका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले ११ तथा अलराउण्डर करण केसीले नटआउट २९ रन जोड्दा नेपालको जित सुनिस्चित बन्यो। करणले अन्तिम ओभरमा लगातार चौका र छक्का हानेका थिए। खेलको अन्त्यतिर सोमपाल कामीले ८ रन जोड्दा कप्तान सन्दीप लामिछाने भने शुन्य रनमा नटआउट रहे।

    पीएनजीका लागि नर्मन बरुना, एलियो नाओ र रेली हेकुरेले समान दुई/ दुई विकेट तथा चाड सुपर र असाद भालाले समान एक विकेट लिए ।

    त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २०४ रन बनायो। पीएनजीका लागि चार्लस एमिनीले सर्वाधिक ५९ रनको योगदान दिए।

    यस्तै, ओपनरद्वय टोनी उरा र लेगा शिखाले क्रमश २७ र २५ रन जोड्दा ओपनर आसद भेलाले १९ रन जोडे । यसैगरी चाड सुपरले ३५ रन बनाउँदा नोरमान भानुवाले २३ रनको मध्यम पारी खेले।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान ज्ञानेद्र मल्ल र आरिफ शेखले समान एक-एक विकेट लिए।

    नेपालले जितपछि अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार