Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग आर्सनल पराजित

    इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग आर्सनल पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित हात पारेको छ ।

    आज बिहान सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली आर्सनलमाथि २–० गोल अन्तरले हराउँदै सहज जित हात पारेको हो ।



    इमिरेट्स स्टेडियममा लिभरपुललाई जित दिलाउन डिएगो जोटा तथा रोबर्टो फिर्मिनोले एक एक गोल गरे ।



    यो जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १ मा झारेको छ । समान २९ खेलमा सिटीको ७० र लिभरपुलको ६९ अंक छ ।

    पराजित आर्सनल २७ खेलमा ५१ अंकका साथ चौथो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार