Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जुवा खालबाट करिब चार लाख नगदसहित १९ पक्राउ

    जुवा खालबाट करिब चार लाख नगदसहित १९ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गोरखामा जुवा खेलिरहेको अवस्थामा करिब चार लाख नगदसहित १९ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई तीन लाख ९० हजार आठ सय ४० रूपैयाँसहित पक्राउ गरिएको हो ।



    उनीहरूले कौडा खेलेका थिए । उनीहरूलाई गए राति करिब १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



    बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत पर्ने सौरपानीको स्थानीय एक घरको आँगनमा उनीहरूले जुवा खेलेका थिए।
    उनीहरुमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार