Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • दुई डिआइजीले घुुमुवा खटाएर तस्करीको लाइन खुलाए ,प्रहरी हेडक्वार्टारद्वारा छानविन

    दुई डिआइजीले घुुमुवा खटाएर तस्करीको लाइन खुलाए ,प्रहरी हेडक्वार्टारद्वारा छानविन

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रदेश इन्चार्जका रुपमा खटिएका डिआइजीहरू अवकाशको मुखमा कमाउन केन्द्रित भएको उजुरी प्रहरी प्रधान कार्यालयमा बढेका छन् । सात प्रदेशमध्ये पाँच प्रदेशका डिआइजीले एक महिनापछि अवकाश पाउँदैछन् ।

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका पाँच ब्याचीहरू हाल विभिन्न प्रदेशको प्रमुख छन्, जसले आगामी १८ वैशाखमा आइजिपीसँगै अवकाश पाउनेछन् । मधेस प्रदेशका उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले अवकाश पाउन लागेका हुन् ।



    मधेस प्रदेश र लुम्बिनीमा धेरै विकृति बढेको स्रोत बताउँछ । दुवै डिआइजीले घुुमुवा खटाएर तस्करीकै सेटिङ खुलाएको भनेर प्रधान कार्यालयमा उजुरी परेको छ । तराईका जिल्लामा प्रहरी मिलेमतोमा राती–राती तस्करी हुने गरेको छ ।



    बागमतीका डिआइजी कार्की भने कमाउन भन्दा आफुमाथि अन्याय भएको भन्दै न्याय खोज्नमा लागेका छन् । एआइजी बढुवा सिफारिस उपर उनले उजुरी गरेका छन् । कर्णालीका ऐर तथा सुदुरपश्चिमका कँडेल पनि अवकाशको बेला कमाइमा केन्द्रित भएको प्रहरी स्रोत बताउँछ । प्रदेश नम्बर १ का अरुण बिसी तथा गण्डकीका दिवेश लोहनीको पनि कार्यक्षमता कमजोर देखिएको छ ।

    चुनावको बेला यसरी अवकाशको मुखमा रहेका प्रहरी अधिकारीलाई इन्चार्जको जिम्मेवारी दिन नहुनेबारे गृह मन्त्रालयमा छलफल चलिरहेको छ । ‘करिअर’को मतलब नभएकाले उनीहरूले गम्भीरताका साथ काम नगर्ने र व्यक्तिगत स्वार्थमा लाग्न सक्ने जोखिम हुन्छ । तर, समस्या के छ भने नयाँ इन्चार्ज पठाउन पनि प्रहरी प्रधान कार्यालयमा डिआइजी छैनन् ।

    अहिलेका डिआइजीमध्ये अधिकांशले अवकाश पाउँदैछन् भने अन्य केही वैशाखमा एआइजी बढुवाको प्रतिक्षामा हुनेछन् । यस्तो अवस्थामा एसएसपीलाई निमित्त प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिने सम्भावना बलियो रहेको स्रोत बताउँछ । अहिलेका डिआइजीलाई अवकाशसम्मै राख्दा पनि १८ वैशाखपछि प्रदेश कार्यालयमा नयाँ इन्चार्ज पठाउनुपर्ने हुन्छ । चुनावको मुखमा त्यसरी नयाँ इन्चार्ज जाँदा समन्वयमा समस्या हुने भएकाले चैतमा नै प्रदेशका प्रहरी इन्चार्ज फेरिने सम्भावना छ ।

    एक वर्षपछि आइजिपीका दाबेदार हुने एसएसपीलाई हाल प्रदेश इन्चार्जमा पठाउने गृह मन्त्रालयको तयारी छ । जसमा सन्दीप भण्डारी, उमेशराज जोशी, श्याम ज्ञवाली, टेकप्रसाद राई, दीपक थापा, मिरा चौधरी, किरण बज्राचार्य, रामदत्त जोशी, बसन्त कुँवरलगायत एसएसपी छन् ।

    उता, हालै रिक्त हुन लागेको डिआइजीको तीन पदमा नयाँ टोलीबाट बढुवा नहुने लगभग पक्का भएको छ । आकांक्षी धेरै हुने भएकाले तीन पदमा बढुवा नै सम्भव नभएपछि सिनियर टोलीबाट बढुवा हुनेछन् । जसमा नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, मसाउँदआलम खाँ र प्रदीपकुमार श्रेष्ठ छन् । उनीहरुमध्ये उपाध्याय, आचार्य र खाँको सम्भावना बलियो भएको स्रोतले बताएको छ । दृष्‍टि साप्ताहिकमा खबर छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार