Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसएसपी अरुण डिआइजी बढुवाका लागि सिफारिस

    एसएसपी अरुण डिआइजी बढुवाका लागि सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अरुण कुमार भण्डारी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन् ।

    प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको आइतबारको बैठकले भण्डारीलाई डिआइजीमा बढुवाको सिफारिस गरेको हो ।



    समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहले जानकारी दिइन् ।



    उनी नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय कम्प्युटर महाशाखा नक्सालमा कार्यरत छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार